दलितको घरमा डोजर लगाउने अध्यक्ष र वडाध्यक्षलाई पाँच दिन थुनामा राख्न म्याद थप

दलितको घरमा डोजर लगाउने अध्यक्ष र वडाध्यक्षलाई पाँच दिन थुनामा राख्न म्याद थप

साहसी खबर
1 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

जनकपुरधाम । महायज्ञको नाममा दलित परिवारको घरमा डोजर लगाएको आरोपमा पक्राउ परेका सिरहाको औरही गाउँपालिका अध्यक्ष शिवजी यादव र वडा नम्बर ५ का पूर्व वडाध्यक्षलाई पाँच दिन थुनामा राख्न म्याद थप भएको छ ।

सिरहा जिल्ला अदालतबाट पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न म्याद थप भएको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी प्रहरी निरीक्षक धर्मेश यादवले जानकारी दिए । औरही गाउँपालिका ५ मा विष्णु महायज्ञ आयोजन गर्न गत फागुन १० गते स्थानीय दिपक मरिक डोमको घर भत्काएका थिए ।

त्यहाँको माटो समेत ताछेर फालेको समाचार सार्वजनिक भएपछि गत शुत्रबार साँझ दुवै जनालाई सिरहा प्रहरीले पक्राउ गरेको थियो । गाउँपालिका अध्यक्ष र पूर्व वडाध्यक्षसहित पीडित दिपक मरिकले शनिबार जिल्ला प्रहरी कार्यालय सिरहामामा जातीय भेदभाव तथा छुवाछुत कसुरमा जाहेरी दर्ता गराएका थिए ।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय