१ करोड धरौटी खारेज गर्न माग गर्दै उच्च अदालत बुटवल पुगे रवि

१ करोड धरौटी खारेज गर्न माग गर्दै उच्च अदालत बुटवल पुगे रवि

साहसी खबर
1 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

काठमाडौं । रास्वपाका सभापति रवि लामिछाने उच्च अदालत बुटवल पुगेका छन् ।सुप्रिम सहकारी प्रकरणमा जिल्ला अदालत रुपन्देहीले मागेको १ करोड धरौटी खारेज गर्न माग गर्दै उच्च अदालत पुगेका हुन् ।

लामिछाने सोमबार बिहानै उच्च अदालत तुलसीपुर बुटवल इजलास पुगेका थिए । जिल्ला अदालतको धरौटीको आदेश बदर गर्न माग गरेका थिए ।

फौजदारी कार्यविधि संहिताको दफा ६८ बमोजिम धरौटी माग गरिएकोमा चित्त नबुझी सो बेरितको आदेश बदर गरी दफा ६९ बमोजिम साधारण तारेखमा बसी मुद्दा पुर्पक्ष गरी पाऊँ भनी लामिछानेले निवेदन दर्ता गराएका छन् ।

लामिछानेलाई धरौटी नभई थुनामा राख्नुपर्ने भन्दै सरकारी वकिल कार्यालय यसअघि नै उच्च अदालतमा पुगिसकेको छ ।

दुवै पक्ष उच्च पुगेपछि यसलाई ‘७३’ नम्बरअन्तर्गत अगाडि बढाइने उच्च अदालत तुलसीपुर बुटवल इजलासका सूचना अधिकारी रामबहादुर कुँवरले जानकारी दिए ।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय