सिन्धुलीमा भैँसीले हान्दा एक जनाको मृत्यु

सिन्धुलीमा भैँसीले हान्दा एक जनाको मृत्यु

साहसी खबर
1 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

काठमाडौं । सिन्धुलीमा भैंसीले हान्दा एक जनाको मृत्यु भएको छ ।

सुनकोसी गाउँपालिका–३, नौबिसेका ७५ वर्षीय गोपाल घर्तीको मृत्यु भएको वाग्मती प्रदेश प्रहरी कार्यालयले जानकारी गराएको छ । बुधबार (माघ ३०) बिहान करिब ७ बजे उनलाई भैंसीले हानेको थियो ।

माइलो छोरा ४४ वर्षीय फडिन्द्र भुजेलको गोठमा बाँधिएको भैंसीलाई घाँस हाल्न जाँदा उक्त घटना भएको हो। अचानक भैंसीले बाँधिरहेको किला भाँची वृद्धलाई सिङले हानेको थियो । त्यही उनको मृत्यु भएको प्रहरीले जनाएको छ। मुचुल्का पश्चात बेलुका साढे ७ बजे उनको शव पोस्टमार्टमका निम्ति जिल्ला अस्पतालमा लगिएको प्रहरीले जानकारी गराएको छ ।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय