पूर्व डीआईजी जोशीको थुनछेक बहस सकिएन, हिरासतमा पठाउन आदेश

पूर्व डीआईजी जोशीको थुनछेक बहस सकिएन, हिरासतमा पठाउन आदेश

साहसी खबर
1 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

काठमाडौं । काठमाडौं जिल्ला अदालतले गोरखा मिडिया नेटवर्कका पूर्व सञ्चालक एवं पूर्व डीआईजी छविलाल जोशीलाई हिरासतमा पठाउन आदेश गरेको छ ।

काठमाडौंको कालिमाटीस्थित स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा मुछिएका जोशीको थुनछेक बहस नसकिएपछि उनलाई हिरासतमा पठाउन अदालतले आदेश गरेको हो ।

पोखराको सुर्यदर्शन सहकारी ठगी प्रकरणमा ८८ लाख धरौटीमा रिहा भएका उनीविरुद्ध काठमाडौं जिल्ला अदालतमा पनि मुद्धा दायर भएको थियो । आइतबार उनको थुनछेक बहस नसकिएपछि उनलाई न्यायाधीश ठाकुर प्रसाद खरेलको इजलासले उनलाई हिरासतमा पठाउन आदेश गरिएको हो ।

अब सोमबार बहस सकिएपछि थुनछेक आदेश हुने अदालतले जानकारी दिएको छ।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय