कस्तो रहला आजको मौसम ?

कस्तो रहला आजको मौसम ?

साहसी खबर
1 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

हाल देशमा पश्चिमी वायुको प्रभाव रहेको छ । जसको प्रभावले सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ। देशको तराई भू-भागमा हुस्सु तथा कुहिरो लागेको अवस्था छ।

कोशी, मधेस, बागमती गण्डकी र लुम्बिनी प्रदेशमा आज मौसम मुख्यतया सफा रहने छ । कर्णाली र सुदूरपश्चिम प्रदेशमा भने दिउँसो हिमाली क्षेत्रमा आंशिक देखि साधरणतया बदली रहने सम्भावना रहेको छ । पहाडी क्षेत्रमा आंशिक देखि साधरणतया बदली रहने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

राति दुवै प्रदेशमा हिमाली क्षेत्रमा आंशिकदेखि साधरणतया बदली रही एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । 

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय