क्यान्सरसँग जुध्दै आएका विवेक पंगेनीको निधन

क्यान्सरसँग जुध्दै आएका विवेक पंगेनीको निधन

साहसी खबर
1 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

लामो समयदेखि क्यान्सर रोगसँग जुध्दै आएका अमेरिका निवासी विवेक पंगेनीको निधन भएको छ । ब्रेन क्यान्सरसँग संघर्ष गरिरहेका विवेकको आज बिहान निधन भएको हो ।

विवेक अमेरिका गएलगत्तै नेपालमा आमाको निधन भएको थियो । त्यसपछि उनीहरू आमाको काजक्रिया गर्न नेपाल फर्किए । काजक्रिया सकेर अमेरिका फर्केको एक सातामै विवेक बिरामी परेका थिए । अस्पतालमा परीक्षण गराउँदा उनलाई ब्रेन क्यान्सर देखिएको थियो ।

त्यसयता सृजनाले एकछिन पनि श्रीमानको साथ छोडेकी थिइनन् ।सिर्जनाले श्रीमानलाई बचाउन आफ्नो सबै बलबुता खर्चिरहेकी थिइन् । सामाजिक सञ्जालबाटै सहायता आह्वान गरेर श्रीमानको उपचार गराइरहेकी छन् ।

जति कठिन परिस्थितिसँग जुध्न परे पनि, मनमा जति पीडा भए पनि उनको अनुहारमा मुस्कान हराएको थिएन् । श्रीमानलाई पनि मुस्काउन प्रेरणा दिइरहेकी हुन्थिन । प्रेम र समर्पणकी एक बिम्ब बनिरहेकी सृजना श्रीमानको निधनले बिक्षिप्त भएकी छिन् ।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय