पशुपन्छी बजार प्रवर्द्धन निर्देशनालयका निर्देशकसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

पशुपन्छी बजार प्रवर्द्धन निर्देशनालयका निर्देशकसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

साहसी खबर
1 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पशुपन्छी बजार प्रवर्द्धन निर्देशनालय कार्यालय, हरिहर भवन ललितपुरका कार्यक्रम निर्देशक बलराम थापा क्षेत्रीसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।

निर्देशक थापासहित लेखा अधिकृत रामप्रसाद बजगाई, पशु विकास अधिकृत डा.पूजा शर्मा, जिल्ला पशु सेवा कार्यालय, अछामका पशु विकास अधिकृत विश्वेश्वर प्रसाद खनाल, हिल साइड पोलीटेक्निक इन्स्टिच्युट प्रा.लि. तथा उक्त प्रा.लि.का अध्यक्ष लोक बहादुर बोहरा, व्यवस्थापक सुरत बहादुर भुल, ई.पुष्कर भण्डारीले गैर कानुनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको ठहर गर्दै अख्तियारले आज विशेष अदालतमा मुद्दा दायर गरेको हो।

दायर गरिएको मुद्दामा ४४ लाख ४२ हजार ८ सय ६१ रुपैयाँ बिगो दाबी गरिएको अख्तियारका प्रवक्ता नरहरि घिमिरे जानकारी दिए।

https://drive.google.com/file/d/1TVJY2HMA7ClKMGOr6mVBIV5xtKso3j-0/preview

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय