बागमती नदी किनाराका बस्ती डुबानमा, १५ जनाको सशस्त्र प्रहरीद्वारा उद्धार

बागमती नदी किनाराका बस्ती डुबानमा, १५ जनाको सशस्त्र प्रहरीद्वारा उद्धार

साहसी खबर
1 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

काठमाडौं । गएराति भएको अविरल वर्षाका कारण काठमाडौं उपत्यकाका नदीहरूमा बाढी आएको छ । बागमती नदी किनाराका बस्तीहरू डुबानमा परेका छन् । त्रिपुरेश्वर, कालीमाटी, टेकु क्षेत्रका नदी किनारका बस्ती जलमग्न भएका हुन् ।

बागमती र यसका सहायक नदीहरू हनुमन्ते, मनोहरा, धोविखोला, विष्णुमती, नख्खु, बल्खुखोलालगायत सबैमा जलसतह खतराको तह आसपास रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

खोलाको बाढी किनारको सडकसम्म आउने र बस्तीमा डुबान समेत हुनसक्ने देखिएकाले सडक किनारबाट यात्रा नगर्न विभागले आग्रह गरेको छ । डुबान हुने स्थानमा बिहान १० बजेसम्म सुरक्षित स्थानमा रहनुपर्ने विभागले जनाएको छ ।

काठमाडौँको कीर्तिपुर नगरपालिका–१० स्थित सुन्दरीघाटमा रहेको राधा स्वामी क्षेत्रमा बाढीमा फसेका १५ जनाको सशस्त्र प्रहरी बल नेपाल नं. १८ निलबाराही गणबाट खटिएको सुरक्षा टोलीले उद्धार गरेको हो।

अबिरल वर्षाका कारण उनीहरू बाढीमा फसेको खबर पाएपछि बिहान ५ बजे गणबाट उद्धार टोली परिचालन गरिएको शसस्त्रका सह प्रवक्ता डिएसपी शैलेन्द्र थापाले बताए।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय