सौर्य जहाज दुर्घटना : क्याप्टेन शाक्यको उद्धार, १३ जनाको शव फेला

सौर्य जहाज दुर्घटना : क्याप्टेन शाक्यको उद्धार, १३ जनाको शव फेला

साहसी खबर
1 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटनामा परेको सौर्य एयरलाइन्सको जहाजबाट क्याप्टेन मनिष शाक्यको उद्धार गरिएको छ।

काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक दिनेशराज मैनालीले क्याप्टेन शाक्यको उद्धार गरी उपचारार्थ केएमसी अस्पताल लगिएको जानकारी दिए।

दुर्घटनापछि अहिले उद्धार जारी छ। प्रारम्भिक जानकारीअनुसार अहिले अग्नि नियन्त्रकहरूले १३ जनाको शव निकालेका छन् । विमानमा सवार अन्यको अवस्था अझै अज्ञात रहेको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंमा दुर्घटना भएको जाहजमा अधिकांश सौर्य एयरलाईन्सको कर्मचारी रहेको बताइएको छ । दुर्घटनाका कारण विमान पूर्ण रुपमा जलेको बताइएको छ ।

जहाज पूर्णरुपमा क्षतिग्रस्त भएको अहिले ठूलो संख्यामा सुरक्षाकर्मीहरु तैनाथ रहेका छन् । अहिले मृतकहरुको शव संकलन गर्ने काम भइरहेको बताइएको छ । आधिकारिक रुपमा कति जनाको मृत्यु भएको हो भन्ने कुरा भने पुष्टि भइसकेको छैन ।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय