मेयर बालेन शाहले किन लगाए प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा ताला ?

मेयर बालेन शाहले किन लगाए प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा ताला ?

साहसी खबर
1 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

काठमाडौं । काठमाडौं महानगरपालिकाका नगर प्रमुख (मेयर) बालेन्द्र शाहले प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीको कार्यकक्षमा ताला लगाएका छन् । कार्यपालिकाको निर्णयमा कीर्ते गरेको पाइएपछि असन्तुष्ट बनेका मेयर शाहले राष्ट्रिय सभागृहस्थित अधिकारीको कार्यकक्षमा ताला लगाएका छन् ।

महागरपालिकाको स्वास्थ्य विभाग तर्फका कर्मचारी नियुक्तिको विषयमा मेयर शाह र प्रमुख प्रशासकीय अधिकृत अधिकारीबीच विवाद भएको थियो । विवादपछि मेयर शाहले अधिकारीलाई कार्यालय प्रवेशमा रोक लगाइएका थिए । सोही प्रकरणमा मेयर शाहका सचिवालय प्रमुख नुरनिधि न्यौपाने, स्वास्थ्य विभाग प्रमुख रामप्रसाद पौडेल, वरिष्ठ शाखा अधिकृत भगवती विडारीलाई निलम्बन गरिएको छ ।

केही दिन बिदामा बसेका प्रमुख प्रशासकीय अधिकृत अधिकारीले पुनः कार्यालय आउने तयारी गरेको थाहा पाएपछि मेयर शाहले उनको कार्यकक्षमा ताला लगाएको जनाइएको छ ।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय