ढोरपाटनका मेयर नेपालीसहित ११ जनाविरुद्ध ठगी मुद्दा दर्ता

ढोरपाटनका मेयर नेपालीसहित ११ जनाविरुद्ध ठगी मुद्दा दर्ता

साहसी खबर
1 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

बागलुङ । बागलुङ र पोखरामा सञ्चालित इमेज बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष देवकुमार नेपालीसहित ११ जनाविरुद्ध ठगी मुद्दा दर्ता भएको छ । सहकारी पीडितहरुको संघर्ष समितिले सरकारी वकिलको कार्यालयमार्फत जिल्ला अदालतमा ठगी मुद्दा दर्ता गरेको हो ।

ढोरपाटनका मेयरसमेत रहेका नेपालीसहित उनकी श्रीमती छेला नेपाली, कार्यबाहक अध्यक्ष डोरबहादुर परियार, सचिव सुनील नेपाली, कोषाध्यक्ष लक्ष्मी सेन, सदस्य चित्रबहादुर भण्डारी, रूपा विक र झकबहादुर शाहीविरुद्ध मुद्दा दर्ता गरिएको संघर्ष समितिका संयोजक डिलबहादुर कार्कीले जानकारी दिए ।

कुल एक अर्ब ३० करोड बिगोदाबीसहित १५ सय ४३ जनाको हस्ताक्षरसहित अदालतमा सहकारी मुद्दा दर्ता गरिएको छ । सञ्चालकका लागि आठदेखि १० वर्ष कैद सजाय माग गरिएको छ ।

बचतकर्ताको रकम हिनामिना पारेर बेपत्ता भएका सहकारीका संस्थापक अध्यक्षसमेत रहेका मेयर नेपालीलाई खोजी गरी बचत रकम फिर्ताको माग गर्दै पीडितले प्रहरीमा जाहेरी दिएका थिए । उनी झन्डै दुई महिनादेखि बेपत्ता छन् । उनलाई पक्राउको माग गर्दै बचतकर्ताले सडक आन्दोलनसमेत गरेका छन् ।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय