दरमखोलाले बगाएर एकजनाको मृत्यु

दरमखोलाले बगाएर एकजनाको मृत्यु

साहसी खबर
1 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

बागलुङ : दरमखोलामा पौडी खेल्ने क्रममा वेपत्ता भएका एक युवा मृत फेला परेका छन् ।

दरमखोला हाइड्रोपावरमा लेवरको काम गर्दै आएका २२ वर्षीय मिलन कार्की सोही हाइड्रोपावरको ड्याममा पौडी खेल्ने क्रममा वेपत्ता भएका थिए ।

ओखलढुङ्गा घर भई हाल बागलुङको गलकोट नगरपालिका-११ बस्दै कार्की पौडी खेल्ने क्रममा साँझ ६ बजे बेपत्ता भएका थिए ।

वेपत्ता भएका कार्कीलाई प्रहरी टोलीले बेपत्ता भएको स्थानदेखि ४ किलोमिटर पूर्व खोलाको बिच भागमा मृत फेला पारेको जिल्ला प्रहरी कार्यालय बागलुङका डिएसपी मदन केसीले जानकारी दिनुभयो ।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय