बागलुङमा दाजुको हत्या गरेको आरोपमा भाइ पक्राउ

बागलुङमा दाजुको हत्या गरेको आरोपमा भाइ पक्राउ

साहसी खबर
1 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

बागलुङ । घरायसी विवादमा ढुंगा प्रहार गरेर आफ्नै दाजुको हत्या गरेको आरोपमा भाइ पक्राउ परेका छन् ।

ढोरपाटन नगरपालिका वडा नम्बर–६ छेन्तुङका ५० वर्षीय सतबहादुर विकको हत्या गरेको आरोपमा प्रहरीले ४७ वर्षीय मनबहादुर कामीलाई पक्राउ गरेको हो । असार १४ गते कामीले विकको हत्या गरेका थिए । विक र कामी सहोदर दाजुभाइ हुन् ।

असार १४ गते मृत अवस्थामा विकको शव भेटिएपछि स्थानीयले प्रहरीमा खबर गरेका थिए । ढुंगा प्रहारबाट हत्या भएको शंकामा प्रहरीले १५ गते कामीलाई पक्राउ गरेको थियो ।

आइतबार जिल्ला अदालत बागलुङबाट ५ दिनको म्याद थप गरेर प्रहरीले घटनाबारे थप अनुसन्धान अगाडि बढाएको प्रहरी नायब उपरीक्षक मदन केसीले बताए ।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय