सम्पर्कविहिन भएको ५ दिनमा फेला परे धर्मेन्द्र

सम्पर्कविहिन भएको ५ दिनमा फेला परे धर्मेन्द्र

साहसी खबर
1 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

गुल्मी । गुल्मीको मुसिकोट नगरपालिका–७ वामीटक्सार घर भएका ७२ वर्षीय धर्मेन्द्र प्रधान सम्पर्कविहिन भएको ५ दिनमा फेला परेका छन् ।

रुपन्देहीको बुटवल उपमहानगरपालिका–३ ज्योतिनगरबाट आइतबारदेखि प्रधान सम्पर्कविहिन भएका थिए । धर्मेनद्र विहिबार भैरहवाको लायन्स आँखा अस्पताल नजिकैबाट फेला परेका हुन् ।

ज्योतिनगर स्थित आफ्नी बहिनीका घरबाट आइतबार बिहान अन्दाजी साढे ६ बजेको समयदेखि हराएका उनलाई खोजिका लागि परिवारको अपिलपछि विभिन्न सञ्चारमाध्येममा समाचार प्रकाशित भएको थियो ।

सोही समाचारलाई आधार मानेर लायन्स आँखा अस्पताल नजिकै रहेको एक होटल सञ्चालककले धर्मेन्द्रलाई फेला पारेपछि परिवारलाई फोन गरी जिम्मा लगाएका थिए ।

उनलाई फेला पारेपछि उनका भाई राजेन्द्र प्रधानले फेला पार्न सहयोग गर्ने सञ्चारमाध्यमहरुलाई धन्यवाद ज्ञापन गरेका छन् ।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय