गुल्मीमा अचेत अवस्थामा फेला परेका झबिन्द्रको मृत्यु

गुल्मीमा अचेत अवस्थामा फेला परेका झबिन्द्रको मृत्यु

साहसी खबर
1 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

गुल्मीः गुल्मीमा अचेत अवस्थामा फेला परेका ६० वर्षीय झबिन्द्र मरासिनीको मृत्यु भएको छ ।

जिल्लाको रेसुंगा नगरपालिका वडा नं ९ उपल्लो तम्घासका ६० वर्षीय झबिन्द्रप्रसाद मरासिनी वडा नं ७ साखिनेडाँडामा अचेत अवस्थामा फेला परेका थिए ।

उपचारका लागि मरासिनीलाई जिल्ला अस्पताल लगिएकोमा अस्पतालले मृत घोषण गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक डिल्लीनारायण पाण्डेले जानकारी दिए ।

निजको शबलाई बुधबार दिउँसो गुल्मी अस्पतालमा पोष्टमार्टम गरी आफन्तको जिम्मा लगाइएको पाण्डेले बताए । मरासिनीका दूई वटी श्रीमती रहेको र केही दिनदेखी घरमा एक्लै रहेको स्थानीयहरुले जनाएका छन् ।

घटनाको बारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय