गुल्मीका धर्मेन्द्र प्रधानको खोजीका लागि परिवारको अपिल !

गुल्मीका धर्मेन्द्र प्रधानको खोजीका लागि परिवारको अपिल !

साहसी खबर
1 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

गुल्मी। गुल्मीको मुसिकोट नगरपालिका–७ वामीटक्सार घर भएका ७२ वर्षीय धर्मेन्द्र प्रधान सम्पर्कविहिन भएपछि परिवारले खोजिका लागि आपिल गरेको छ ।

रुपन्देहीको बुटवल उपमहानगरपालिका–३ ज्योतिनगरबाट आइतबारदेखि प्रधान सम्पर्कविहिन भएको परिवारले जनाएको छ । ज्योतिनगर स्थित आफ्नी बहिनीका घरबाट आइतबार बिहान अन्दाजी साढे ६ बजेको समयदेखि हराएका उनलाई खोजिका लागि परिवारले आग्रह गरेको हो ।

मानसिक सन्तुलन कमजोर भएका उनले कालो कलरको ट्राउजर र गुलाबी कलरको टिसर्ट लगाएर घरबाट निस्किएको परिवारले जनाएको छ । सेतो कपाल र सेतो दाह्री भएका उनलाई भेटाउने जो कोहीले खबर गरिदिनका लागि उनका भाई राजेन्द्र प्रधानले आग्रह गरेका छन् ।

उनको मोवाइल नम्बर ९७६२२३६१९६ वा सम्पर्कविहिन बनेका प्रधानका ज्वाई जीवन श्रेष्ठको मोवाइल नम्बर ९८४७०२१३४८ मा सम्पर्कका लागि परिवारले आग्रह गरेको छ ।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय