विद्यालय समयमा मुसिकोटका बजार क्षेत्रमा ट्रिपर सहित हेवी सवारी सञ्चालनमा निषेध

विद्यालय समयमा मुसिकोटका बजार क्षेत्रमा ट्रिपर सहित हेवी सवारी सञ्चालनमा निषेध

साहसी खबर
1 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

सागर भण्डारी,गुल्मी । मुसिकोट नगरपालिकाको मुख्य बजार क्षेत्रमा विद्यालय समयमा ट्रिपर लगायतका अन्य हेवी सवारी साधन सञ्चालन गर्न निषेध गरिएको छ ।

मुसिकोट नगरपालिकाले बुधबार एक सार्वजनिक सुचना जारी गर्दै सम्भावित दुर्घटनालाई मध्येनजर गरेर विद्यालय समयमा ट्रिपर लगायतका हेवी सवारी सञ्चालनका लागि निषेध गरेको जनाएको छ ।

नगरपालिकाका बजार क्षेत्रका विद्यालयहरुमा विद्यार्थीहरु आवतजावत गर्ने समयमा तीब्र गतिमा ट्रिपर लगायतका हेवी सवारी साधन सञ्चालन हुँदा विद्यालय आउजाउ गर्ने विद्यार्थीहरु दुर्घटनामा पर्ने जोखिम बढेको भन्दै त्यसको न्यूनिकरणका लागि यस्तो निणर्य गरिएको नगरपालिकाले जनाएको छ ।

विद्यार्थीहरु विद्यालय आउजाउ गर्ने समय बिहान ९ बजेदेखि १० बजेसम्म र दिउँसो ३ः३० बजेदेखि ४ बजेसम्म ट्रिपर लगायतका अन्य हेवी सवारी साधन सञ्चालन रोक लगाउने निणर्य गरिएको र सोही बमोजिम गर्न अनुरोध गरिएको नगरपालिकाका सुचना प्रविधि अधिकृत समुन्द्र विक्रम रायमाझीले जानकारी दिनुभयो ।

त्यस्तै सुचनामा बजारक्षेत्र भित्र निर्माण सामाग्री ढुवानी गर्दा त्रिपाल, प्लाष्टिक वा अन्य कुनै सामाग्रीले ढाकेर मात्र ढुवानी गर्ने व्यवस्था मिलाउन समेत अनुरोध गरिएको छ ।

हेर्नुहोस् नगरपालिकाबाट जारी सुचना

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय