बडिगाडमा मोटरसाइकल दुर्घटना हुँदा वडा सदस्य घाइते

बडिगाडमा मोटरसाइकल दुर्घटना हुँदा वडा सदस्य घाइते

साहसी खबर
1 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

कमल पौडेल, खर्वाङ । बडिगाड गाउँपालिका वडा नं. ६ ठूलावेसिंमा मंगलवार साँझ मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकल चालक वडा सदस्य समेत रहेका दुर्गाराज पाइजा घाइते हुनुभएको छ ।

मुख र निधारमा गहिरो चोट लागेका पाइजाको प्राथमिक स्वास्थ्य केन्द्र बुर्तिवाङमा प्राथमिक उपचार पछि थप उपचारको लागि पोखरा पठाउन लागेको श्रोतले जानकारी दिएको छ ।

खार बजारबाट भिमगिठे तर्फ जाँदै गरेको बडिगाड गाउँपालिकाको ध १ ब २८० नम्बरको सेतोप्लेटको मोटरसाइकल रोकिराखेको लु १ त ६७४० नंम्बरको ट्याक्टरमा ठोकिँदा दुर्घटना भएको प्रहरी चौकी खारले जनाएको छ ।

मोटरसाइकल प्रहरी नियन्त्रणमा रहेको र घाइतेलाई उपचारको लागि पठाएको प्रहरी सहायक निरिक्षक जित बहादुर मुखियाले बताउनु भएको छ ।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय