गुल्मीमा महिलाको कंकाल फेला !

गुल्मीमा महिलाको कंकाल फेला !

साहसी खबर
1 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

गुल्मी । गुल्मीमा एक महिलाको कंकाल फेला परेको छ । इस्मा गाउँपालिका १ हस्तिचौरको बसेनी सामुदायिक बनमा महिलाको कंकाल फेला परेको वडा अध्यक्ष शेर बहादुर कुवरले जानकारी दिए ।

आज बिहान १० बजे तिर गाई हेर्न गएका स्थानीयले कंकाल देखेपछि वडा अध्यक्षलाई खबर गरेका थिए ।

अन्दाजी ६० वर्षिय महिलाको कंकाल हुन सक्ने वडा अध्यक्ष कुवरले उल्लेख गरे । शरीरमा चोलो र हातमा चुरा देखिए पनि कंकालको पहिचान भने हुन सकेको छैन ।

अहिले घटना स्थलमा हस्तिचौर प्रहरी चौकी पुगेर अनुसन्धान गरिरहेको छ ।

साथै कसैको आफ्न्त हराएको भए वडा कार्यालय वा प्रहरी संग सम्पर्क गर्न वडा कार्यालयले अनुरोध समेत गरेको छ ।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय