नेपालकै अग्लो पुलबाट हामफालिन बागलुङकी प्रमिला

नेपालकै अग्लो पुलबाट हामफालिन बागलुङकी प्रमिला

साहसी खबर
2 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

बागलुङ । पछिल्लो केही समयदेखि निकै तनावमा रहेकी थिइन् बागलुङ नगरपालिका १४ बस्ने वर्ष ३३ की प्रमिला अखेली ।

दुई नाबालिग छोरा र सासु ससुरासँग एकसाथ बस्दै आएकी प्रमिलाले मंगलबार आफन्त र बागलुङको कैयाबासीहरु सबैलाई रुवाएर बागलुङ कुश्मा जोड्ने नेपालकै अग्लो पुलबाट हाम्फालेर सँधैका लागि बिदा भइन् । बढेको काली गण्डकी नदीमा हाम्फालेकी प्रमिलाले पुलमा जानु अघि नै फेसबुकमा तस्विर पोस्ट गर्दै अन्तिम सोमबार भनेर लेखेकी छिन् ।

साउन महिनामा माछा मासु बारेकी उनले साउनको अन्तिम दिन भने छोराहरुलाई मासु पकाएर खुवाएपछि आँफू बिदा भइन् । उक्त दिन प्रमिलाले मासु पकाएर छोराहरुलाई पेटभरी खानु समेत भनेको स्थानीयहरु बताउँछन् ।

प्रमिलाले भित्र – भित्रै योजना बनाएर त्यो दिन मासु पकाएको एक स्थानीयले नाम उल्लेख नगर्ने शर्तमा रुँदै भनिन् । “यती राम्रा मुटुका टुक्राजस्ता छोरालाई छाडेर कसरी जान सकेकी” अर्की स्थानीयले रुँदै भनिन्, “अब ५ – ६ महिना पछि पोर्चुगल उड्ने तयारी थियो हे दैव यो तिमीले के गर्यौ ।”

पछिल्लो केही समयदेखि सासु ससुराहरुसँग घरमा मन मुटाव भइरहेको अवस्था बीच तनावमा रहेकी प्रमिलाले यो कदम चाल्नु अघि नै एउटा नोट लेखेका प्रहरीले जनाएको छ । उनले ३ पाना लामो सुसाइड नोटमा देउरानी, पति र ससुराका बारेमा लेखेको प्रहरी बताउँछ । बागलुङका प्रहरी प्रमुख दयानिधी ज्ञवालीका अनुसार अहिले पनि इन्सपेक्टरको कमाण्डमा शव खोज्ने काम भइरहेको छ ।

प्रमिलाले बागलुङ कुश्मा जोड्ने नेपालकै अग्लो पुलबाट हामफाल्नु अगाडि चप्पल र सल समेत पुलमा छाडेको एसपी ज्ञवालीले जानकारी दिए । एसपी ज्ञवालीका अनुसार अहिले कालीगण्डी नदिमा खोज्ने काम भइरहेको छ ।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय