बडिगाड गाउँपालिकाले लोकल मदिरालाई ब्राण्ड गर्ने ,भाँगो खेतीलाई नगदेबालीका रुपमा विकास गर्ने

बडिगाड गाउँपालिकाले लोकल मदिरालाई ब्राण्ड गर्ने ,भाँगो खेतीलाई नगदेबालीका रुपमा विकास गर्ने

साहसी खबर
1 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

सागर भण्डारी,बडिगाड । बागलुङको बडिगाड गाउँपालिकाले लोकल मदिरालाई ब्राण्डिङ गर्ने नीति लिएको छ ।

आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै गाउँपालिका अध्यक्ष गण्डकी थापा अधिकारीले मदिराको विक्री वितरण गरेर नै जिविकोपार्जन गरिरहेका विपन्न तथा गरिब घरपरिवारहरुलाई आर्थिक उपार्जनसगं जोड्न यस्तो नीति लिईएको बताउनुभयो ।

त्यस्तै थापाले भाँगो खेतीलाई नगदेबालीको रुपमा अगाडी बढाउने समेत बताउनुभयो । नीति तथा कार्यक्रममा भनिएको छ,’भाँगो खेतिलाई नगदे बालीको रुपमा सुचिकृत गरी भाँगो खेतीलाई बैधानिकता दिनका लागि आवश्यक पहल गरिनेछ भने भागोंको प्रयोग गरी गाँजा,चरेस जस्तो अवैधानिक वस्तुको उत्पादन गर्ने कार्यको गाउँपािलका मार्फत नियमन तथा अनुगमन गरिनेछ ।’

यो पनि पढ्नुहोस : यस्तो छ बडिगाड गाउँपालिकाको नीति तथा कार्यक्रम

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय