गुल्मीमा एक्साभेटर दुर्घटना हुँदा चालकको मृत्यु

गुल्मीमा एक्साभेटर दुर्घटना हुँदा चालकको मृत्यु

साहसी खबर
1 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

सागर भण्डारी, गुल्मी । गुल्मीमा एक्साभेटर (जेसिबी) दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

जिल्लाको छत्रकोट गाउँपालिका वडा नं २ रातापानी देखि लुम्छा तर्फ जाँदै गरेको लु १ क ४७७१ नं को एक्साभेटर भिरबाट खस्दा चालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जानकारी दिएको छ ।

दुर्घटनामा परी चालक दाङ जिल्ला शान्तिनगर गा.पा-१ तिलकपुर बस्ने अन्दाजी ३३ वर्षीय यज्ञ वलीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरिक्षक माधवराज खरेलले जानकारी दिए ।

उक्त एक्साभेटर भिरबाट झण्डै पाँच सय मिटर तल खसेको थियो । घटनाबारे थप अनुसन्धान हुँदै गरेको प्रहरीको भनाई छ ।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय