बडिगाड गाउँपालिकाले नीति,कार्यक्रम तथा बजेट निर्माणको लागि सुझाव माग्यो

बडिगाड गाउँपालिकाले नीति,कार्यक्रम तथा बजेट निर्माणको लागि सुझाव माग्यो

साहसी खबर
1 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

बडिगाड । बागलुङको बडिगाड गाउँपालिकाले नीति,कार्यक्रम तथा बजेट निर्माणको लागि सुझाव मागेको छ । गाउँपालिकाले आर्थिक वर्ष २०७९/०८० को वार्षिक नीति ,कार्यक्रम तथा बजेट निर्माणको लागि सबैसगं सुझाव मागेको हो ।

बिहीवार एक सुचना जारी गर्दै गाउँपालिकाले अहिले नीति कार्यक्रम र बजेट निर्माण गर्ने कार्य चलिरहेकाले महत्वपूणर् सुझाव दिन आम बडिगाडबासी नागरिकहरुलाई अनुरोध गरेको छ ।

उक्त सुझाव आगामी असार १ गतेभित्र पठाईसक्न पनि गाउँपालिकाले अनुरोध गरेको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चेतनारायण भण्डारीले हस्ताक्षर गरेको सुचनामा आवश्यक सुझाबहरु गाउँपालिका अध्यक्ष गण्डकी थापा अधिकारी ,उपाध्यक्ष भिमसेन वन र प्रमुख प्रशासकीय अधिकृत चेतनारायण भण्डारीलाई सम्पर्क गरेर अथवा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा सुझाव दिन सकिने उल्लेख गरिएको छ ।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय