बडिगाड गाउँ कार्यपालिकामा गठबन्धनका सबै उम्मेदवार विजयी

बडिगाड गाउँ कार्यपालिकामा गठबन्धनका सबै उम्मेदवार विजयी

साहसी खबर
1 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

बडिगाड । बडिगाड गाउँपालिकाको गाउँ कार्यपालिकाकालागि भएको निर्वाचनमा साझा गठबन्धनका उम्मेदवारहरु विजयी भएका छन् ।

बुधवार भएको निर्वाचनमा नेकपा एमालेका उम्मेदवारहरुलाई पराजित गर्दै गठबन्धनको तर्फबाट महिला र अल्पसंख्यक तथा दलित समुदायको सदस्यमा विजयी भएका हुन् ।

जसमध्ये गठबन्धनको तर्फबाट महिला सदस्यहरुमा नेकपा माओवादी केन्द्रका चन्द्री रास्कोटी,नेपाली काँग्रेसका देवी कामी र रविना थापा तथा राष्ट्रिय जनमोर्चाका रुनमाया थापा सदस्यमा निर्वाचित भएका हुन् ।

दलित तथा अल्पसंख्यक तर्फ नेकपा माओवादी केन्द्रका टिपुरे सुनार तथा नेकपा एकीकृत समाजवादीका शान्ते विक निर्वाचित भएका छन् । यो सगैं गठबन्धनको बडिगाड गाउँसभामा बहुमत पुगेको छ ।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय