बागलुङबाट पोखराका लागि छुटेको बस र जीप ठोक्किँदा एक जनाको मृत्यु

बागलुङबाट पोखराका लागि छुटेको बस र जीप ठोक्किँदा एक जनाको मृत्यु

साहसी खबर
1 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

पर्वत : पर्वतमा सवारी दुर्घटना परी १ जनाको ज्यान गएको छ । दुर्घटनामा १३ जना घाईते भएका छन् ।

बागलुङबाट पोखराका लागि छुटेको ग १ ज ७२५६ नम्बरको टाटा सुमो र पोखराबाट कुश्माका लागि छुटेको ग १ ख ५२१८ नम्बरको बससँग ठोकिएर दुर्घटना भएको पर्वत प्रहरीले जानकारी दिएको छ ।

कुश्मा नगरपालिका–८ चुवा नजिकै भएको दुर्घटनामा बागलुङको काठेखोला गाउँपालिका वडा नं ४ तंग्रामका ३१ बर्षिय लालबहादुर थापाको मृत्यु भएको प्रहरीको भनाई छ । दुर्घटनामा घाईते थापालाई उपचारका लागि पर्वत अस्पताल ल्याउँदै गर्दा मृत्यु भएको हो ।

प्रत्यक्षदर्शीका अनुसार जिप सडकबाट हुत्तिएर नालीमा पुगेको थियो । घाइतेहरूलाई जिपभित्रै च्यापिएको अवस्थामा नेपाल प्रहरी, सशस्त्र प्रहरी र अन्य यात्रुहरुले उद्धार गरेका थिए ।

घाइतेहरुलाई उपचारको लागि पर्वत अस्पतालमा लगिएको छ । केहीको अवस्था गम्भीर रहेकोले पोखरा पठाउने तयारी भएको पर्वत अस्पतालले जनाएको छ ।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय