बडिगाड माईत भएकी निसिखोलाकी विमला ६ दिन देखि बेपत्ता !

बडिगाड माईत भएकी निसिखोलाकी विमला ६ दिन देखि बेपत्ता !

साहसी खबर
1 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

बाग्लुङ : बाग्लुङको निशिखोलाकी एक महिला ६ दिन देखि सम्पर्क विहिन भएकी छिन् । निसिखोला गाउँपालिका वडा नं २ काल्नेचौर निवासी विमला कुँवर घर्ती यही फाल्गुण १५ गतेदेखि बेपत्ता भएको परिवारले बताएका छन् ।

घरबाट माईती गाउँ बडिगाड गाउँपालिका ७ डाडागाउँ जान्छु भनेर हिँडेकी उनी सोही दिन देखि सम्पर्क विहिन भएको दिदी युमा कुँवर विष्टले जानकारी दिईन् । ‘घरमा माईत जान्छु भनेर हिँडेकी रहेछे, उनले भनिन् आफन्त, छरछिमेक सबैतिर खोजी गर्यौँ । कतै पनि पत्ता लाग्न सकेन् ।’

परिवारले ईलाका प्रहरी कार्यालय बुर्तिबाङमा विमलाको खोजिका लागि निवेदन दिएका छन् । १ वर्ष अगाडी मात्रै विहे गरेकी उनका श्रीमान वैदेशिक रोजगारीका क्रममा हाल दुबईमा रहेका छन् ।

२१ वर्षीय घर्तीलाई खोजि गरि सहयोग गरिदिन् दिदी युमाले आग्रह गरिन् । उनले कहीँ कतै देखे वा भेटे नजिकैको प्रहरी कार्यालय वा सम्पर्क नं ९८४३३६१६६२ मा फोन गर्न आग्रह गरेकी छिन् ।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय