पौदी अरेवाका भूषाल गुल्मेली समाज जापान क्षेत्रिय समिति संयोजक चयन

पौदी अरेवाका भूषाल गुल्मेली समाज जापान क्षेत्रिय समिति संयोजक चयन

साहसी खबर
1 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

कौरव खत्री,गुल्मी : गुल्मेली समाज जापानले नागोयामा नँया क्षेत्रीय समिति गठन गरिएको छ ।

नागोयामा भएको भेलाले गोविन्द्र प्रसाद भुषालको संयोजकत्वमा ११ सदस्यीय क्षेत्रीय कार्य समिति गठन गरिएको छ । गठित नँया कार्य समितिको सह संयोजक सुरज खड्का,संगिता खरेल र बुद्धिमणी खरेल रहनु भएको छ ।

त्यसैगरी समितिको सचिवमा भानुभक्त पुरी,सह सचिव उमाकान्त खरेल,कोषाध्यक्ष घनश्याम घिमिरे ,सह कोषाध्यक्ष निर्मला रायमाझी रहनुभएको छ । त्यस्तै अन्य सदस्यहरुमा नारायण घिमिरे,पिताम्बर खरेल,तीर्थ भण्डारी रहनु भएको छ ।

“मातृभूमीका लागी जापान बासी गुल्मेलीहरु एक बनौँ” भन्ने मुल नारा सहित गुल्मेली समाज जापानले नागोयामा क्षेत्रीय समिति गठन गरिएको हो ।

कार्यक्रममा गुल्मेली समाज जापानका निवर्तमान अध्यक्ष सालिक राम भण्डारी, केन्द्रीय अध्यक्ष महेन्द्र कुमार अधिकारी,समाजका प्रबक्ता दिलिप थापा,डिलाराम खरेल,तुल्सीराम खरेल,कुलचन्द्र खरेल,दयाराम खरेल,बिष्णु घिमिरे लगायतको सम्पूणर् पदाधिकारीहरु एवं सदस्यहरुको विशेष उपस्थिति रहेको थियो ।

कार्यक्रममा बाबुराम खरेलको अध्यक्षता रहेको कार्यक्रम सञ्चालन शंकर सापकोटाले गनुभएको छ ।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय