बाग्लुङमा थप तीन जनामा कोरोना संक्रमण !

बाग्लुङमा थप तीन जनामा कोरोना संक्रमण !

साहसी खबर
1 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

बागलुङ– बागलुङको काठेखोला गाउँपालिकाका तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ । क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको पिसिआर परीक्षणमा आइतबार काठेखोला गाउँपालिका वडा नं.६ का ४६ वर्षिया एक महिला, २१ वर्षिय पुरुष र वडा नं। १ का २७ बर्षिय एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय बागलुङले जनाएको छ ।

काठेखोला–६ की महिला र पुरुष होटल व्यवसायी हुन् । भदौ १४ गते गाउँपालिकाका कर्मचारीलाई कोरोना पुष्टि भएपछि कन्ट्याक टेसिङमार्फत पिसिआर परीक्षण गर्दा उनीहरुमा संक्रमण देखिएको हो । गाउँपालिकाको वडा नं.६ मा सिल गरि कन्ट्याक टेसिङ गरिने गाउँपालिकाका अध्यक्ष अमर थापाले जानकारी दिए । यस्तै काठेखोला गाउँपालिका वडा नं। १ का संक्रमण देखिएका पुरुष भारतदेखि आएर क्वारेन्टाइनमा बसेको हुन् । संक्रमित सवैलाई आइसोलेसनमा पठाउने तयारी भइरहेको छ ।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय