नुवाकोटमा गए राति सुतेकै ठाउँमा बाढीले बगाउँदा एक महिला बेपत्ता भएकी छन् भने उनका श्रीमान गम्भीर घाइते भएका छन् ।
नुवाकोटको ककनी गाउँपालिका–१, भसिबुस्थित बिमचना खोलामा आएको बाढीले गोठ बगाउँदा श्रीमानसँगै सुतिरहेकी ३२ वर्षीया कमला बलामी बेपत्ता भएको नुवाकोट जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी दुर्गाराज रेग्मीले जानकारी दिए ।
उनका पति अशोक बलामी भने बाढीमा परी गम्भीर घाइते भएका छन् । उनलाई उपचारका लागि काठमाडौँ पठाइएको सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।





