सुनिल शर्मा जस्ता नेता १० जना भए मात्र देश बन्छ : पत्रकार प्रकाश सुवेदी

सुनिल शर्मा जस्ता नेता १० जना भए मात्र देश बन्छ : पत्रकार प्रकाश सुवेदी

साहसी खबर
1 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

काठमाडौं- टेलिभिजन पत्रकार प्रकाश सुवेदीले सांसद डा. सुनिल कुमार शर्माको प्रशंसा गर्दै “यस्ता दस जना नेता भए मात्र देश बन्न सक्छ” भन्ने धारणा व्यक्त गरेका छन्।

टेलिभिजन कार्यक्रम “द प्रकाश सुवेदी शो” का लागि डा. शर्मासँग विशेष अन्तर्वार्ता गरेपछि सुवेदीले सामाजिक सञ्जालमार्फत आफ्नो अनुभव सार्वजनिक गर्दै लेखेका छन् —

“बेधडक बोल्छन्, तथ्यका आधारमा बोल्छन्, खरो र दह्रो बोल्छन्। उनी हुन् माननीय डा. सुनिल कुमार शर्मा। आज डाक्टर सुनिलसँग कुरा गर्दा लाग्यो, यस्ता नेता अरु दस जना भए भने बल्ल देश बन्ने सम्भावना देखिन्छ।”

सुवेदीले शर्मासँगको अन्तर्वार्तापछि खिचिएको फोटो पनि फेसबुकमार्फत साझा गरेका छन्।

डा. शर्मासँगको विस्तृत कुराकानी समेटिएको अन्तर्वार्ता “द प्रकाश सुवेदी शो” मा आज (आइतबार) राति ९ बजे प्रशारण हुने भएको छ। कार्यक्रममा समसामयिक राजनीति, नीति निर्माण, र देशको विकास सम्बन्धी विभिन्न विषयमा डा. शर्माको धारणा प्रस्तुत गरिएको बताइएको छ।

डा. सुनिल कुमार शर्मा तलब नलिने एक मात्र सांसद हुन् । उनले देशभर निशुल्क स्वास्थ्य शिविर, स्वास्थ्य चौकीलाई आवश्यक सामाग्री हस्तान्तरण, एम्बुलेन्स सहयोग गर्दै आएका छन् । साथै शर्माले गरिव, दलित विपन्न परिवारका एक हजार भन्दा बढी व्यक्तिलाई डाक्टर, नर्स बन्नका लागि अध्ययन अध्यापनमा आर्थिक सहयोग गरेका छन् ।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय