यसअघि प्रधानमन्त्री हुँदा अहिलेको जस्तो पैसाको हाहाकार थिएन : प्रधानमन्त्री

यसअघि प्रधानमन्त्री हुँदा अहिलेको जस्तो पैसाको हाहाकार थिएन : प्रधानमन्त्री

साहसी खबर
2 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले देशको ढुकुटी रित्तो भएको बताएका छन् । आज (मंगलबार) बालुवाटारमा सिनेपा चलचित्र छायाङ्कन स्टुडियो निर्माणको शुभारम्भ समारोहलाई सम्बोधन गर्दै उनले यसअघि आफू प्रधानमन्त्री हुँदा देशको ढुकुटीमा धेरै पैसा रहेको तर अहिले पैसा नहुँदा कुनै पनि नयाँ काम सुरु गर्न पनि डराउनु पर्ने अवस्था आएको बताएका हुन् ।

उनले विगतमा प्रधानमन्त्री हुँदा प्रशस्त बजेट भएकाले धेरै काम सुरु गरेको स्मरण गर्दै सबै पालिकामा स्वास्थ्य केन्द्रको उद्घाटन गरेको बताए । उनले त्यति बेला सुरु गरिएका ६० भन्दा बढी स्वास्थ्य केन्द्र अहिले सञ्चालनमा रहेको जानकारी दिए । एक रुपैयाँ चन्दा उठाएर नेकपा एमालेको पार्टी कार्यालय बनाउने कुरा पनि आएको उल्लेख गर्दै उनले त्यो भन्न सजिलो भए पनि गर्न कठिन हुने बताए ।

प्रधानमन्त्री ओलीले भने, ‘एक–दुई वटा साना काममा साथीभाइहरू धेरै उत्साहित हुन्छन् । हामी छौँ भन्छन्, चन्दा उठाउँछन् । अस्ती हाम्रो पार्टी अफिस एक–एक रुपैयाँमा बनाउँछौँ भन्ने पनि निस्किए । एक–एक रुपैयाँमा पार्टी अफिस बनाउने अरे । एक–एक रुपैयाँ चन्दा दिन्छौँ, पार्टी अफिस बनाउँछौँ । चन्दा एक–एक रुपैयाँ कहाँ साटेर ल्याउने ? दिँदैन त्यो पनि । यो भन्ने एउटा कुरा हो । तर रियालिटी अर्को कुरा हो । जे होस् हामीले यो नयाँ काम सुरु गरेका छौं । ६० वर्ष लाग्नुपर्ने होइन । यसका लागि जमिन खोजी भएको छ । यसमा बजेट पनि हालेको हो । म यसअघि प्रधानमन्त्री हुँदा अहिले जस्तो पैसाको हाहाकार थिएन । जे पनि गर्नुपर्छ भन्थें, जे पनि बनाउँथें ।’

प्रधानमन्त्री ओलीले तीन वर्षको अन्तरालमा आफू प्रधानमन्त्री हुँदा विकासको काम आफूले छोडेकै ठाउँमा रोकिएको बताएका छन् । पैसाको कमीले पहिला जस्तो ‘यो पनि गर्छु, त्यो पनि गर्छु’ भन्ने आँट गर्न नसकिरहेको उनले बताए । यद्यपि, उनले अब देशको अर्थतन्त्र ओरालो नलाग्ने दाबी गरेका छन् ।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय