आतंकवादविरुद्धको नीतिलाई समर्थन गर्नुपर्छ : सांसद केसी

आतंकवादविरुद्धको नीतिलाई समर्थन गर्नुपर्छ : सांसद केसी

साहसी खबर
1 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

काठमाडौं । सत्ता साझेदार नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद अर्जुननरसिंह केसी केसीले विश्व शान्ति र स्थिरताका लागि आतंकवादविरुद्धको नीतिलाई समर्थन गर्नुपर्ने बताएका छन् ।

आज (आइतबार) को प्रतिनिधिसभा बैठकको शून्य समयमा कांग्रेस सांसद केसीले भारत र पाकिस्तानबीच भएको युद्धविराम सम्झौताको इमान्दारीपूर्वक कार्यान्वयनमार्फत आतंकको कालो बादल समाप्त गर्नुपर्ने बताएका हुन् ।

‘क्षेत्रीय शान्ति र स्थिरताका लागि आतंकवादको समाप्ति नै प्रथम आवश्यकता हो । आतंकवादविरुद्ध विश्व जनमत बलियो रूपमा एकजुट रहेको र आतंकवाद विश्व शान्तिका निम्ति प्रमुख खतरा रहेको अवस्थामा कुनै पनि प्रकारका आतंवकादविरुद्ध दृढतापूर्वक कठोर नीतिलाई सहयोग र समर्थन गर्नु विश्व शान्ति र क्षेत्रीय स्थिरताका लागि हामी सबको कर्तव्य र दायित्व हो,’ केसीले भने । रास्वपाका अशिम शाहलगायत सांसदले पनि भारत र पाकिस्तानबीच भएको युद्धविराम सम्झौताको स्वागत गरेका छन् ।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय