रेशम चौधरी पक्राउबारे नाउपाले माग्यो प्रधानमन्त्रीको जवाफ, नत्र सरकार छाड्ने चेतावनी

रेशम चौधरी पक्राउबारे नाउपाले माग्यो प्रधानमन्त्रीको जवाफ, नत्र सरकार छाड्ने चेतावनी

साहसी खबर
1 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

काठमाडौँ । नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले आफ्नो पार्टीका सांसद रेशम चौधरी पक्राउ प्रकरणबारे प्रधानमन्त्रीको जवाफ मागेको छ ।

आज (सोमबार) को प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद लालवीर चौधरीले भोलिको बैठकमा उक्त घटनाबारे जवाफ नदिए सरकार छाड्ने चेतावनी समेत दिएका छन् ।

‘वैशाख १७ गते नाउपा र जनमत पार्टीको एकता प्रक्रिया अघि बढिरहेका बेला सांसद रेशम चौधरीलाई अपहरण गरेर डिल्लीबजार पुर्‍याइयो’, चौधरीले भने, ‘जुन पुर्जीका आधारमा उहाँलाई पक्राउ गरियो, त्यसलाई फर्जी भनिएको छ । तर सरकारले जवाफ दिएको छैन । प्रधानमन्त्रीले भोलिको बैठकमा जवाफ दिनु भएन भने हामी सरकार छाड्न बाध्य हुन्छौं ।’ त्यस्तै स्वतन्त्र सांसद अमरेशकुमार सिंहले समेत चौधरी पक्राउ प्रकरण रहस्यमय भएको बताएका छन् । नाउपा र जनमतको एकता घोषणाकै दिन रेशम चौधरी पक्राउ परेपछि पार्टी एकता कार्यक्रम नै विथोलिएको छ ।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय