आज मिति २०८२ साल बैशाख १९ गते शुक्रबार, यस्तो छ तपाईको राशिफल

आज मिति २०८२ साल बैशाख १९ गते शुक्रबार, यस्तो छ तपाईको राशिफल

साहसी खबर
3 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

मेष

जोश जाँगरका बावजुद काम बन्नेछ । केही छोटो दूरीको यात्रा तय हुनेछ । पहिलेको सफलताले थप हौसला जगाउनेछ । सामाजिक कामको दायित्व बढ्नेछ । कूटनीतिक नियोगको सहयोग मिल्नेछ ।

वृष:

सानो उपलब्धिका लागि बढी रकम खर्चनुपर्ने देखिन्छ । स्वतःसिद्ध अधिकारसमेत बिनासंघर्ष प्राप्त नहुन सक्नेछ । बोल्दा निकै विचार पुर्याउनुहोला । कला र सांस्कृतिक क्षेत्रमा रुचि पनि बढ्नेछ ।स्वास्थ्य प्रति सजगता अपनाउनु पर्ने समय छ ।

मिथुन:

महत्वपूर्ण काम हात लाग्ने समय छ । मान सम्मान मिल्नेछ । सन्तानबाट शुभ समाचार प्राप्त हुनेछ । सहयोगीहरूले साथ दिनेछन् र काममा सोचेजस्तै सफलता मिल्नेछ ।

कर्कट:

समयले साथ नदिंदा हुनै लागेको कामहरु बिग्रने तथा काम अरुकै पोल्टोमा जानेछन् । लगानी गर्नका लागि केही समय पर्खनु नै राम्रो हुनेछ । जेजसरी सजिलो हुन्छ, उसरी नै आफूलाई प्रस्तुत गरिने समय रहेको छ ।

सिंहः

प्रयत्न गर्दा लक्ष्य प्राप्त हुनुका साथै दिगो लाभ हुने काम प्रारम्भ हुनेछ । फाइदाको स्रोत पहिल्याउन सकिनेछ । विपरीत लिङ्गिको साथ सहयोग मिल्नेछ ।

कन्या:

व्यवसाय र रोजगारीको क्षेत्र राम्रो छ । लगानीमा रहेको रकम उठाउन गरिएको प्रयास सफल हुनेछ । सामाजिक कामबाट प्रशंसा प्राप्त हुनेछ । विद्यार्थी वर्गहरूको नयाँ रचना तथा ज्ञानमा वृद्धि हुनेछ ।

तुला:

केही सामाजिक जिम्मेवारीसमेत प्राप्त हुने सम्भावना छ । मतभेदले आफन्तमा भने खटपटी निम्त्याउन सक्नेछ । तत्काल धेरै फाइदा नभए पनि पछिका लागि काम गर्ने समय छ ।

बृश्चिक:

विशेष उपलब्धिका लागि भने केही समय प्रतीक्षा गर्नुपर्ला । समस्या र अर्थअभाव एकसाथ सामना गर्नुपर्ने दिन रहेको छ । स्वास्थ्य कमजोर रहनाले औषधि–उपचारमा खर्च बढ्नेछ ।

धनुः

दाम्पत्य जीवन सुखद् तथा समृद्ध बन्ने देखिन्छ । रमाइलो यात्रामा निस्कन सक्नुहुनेछ । आतिथ्यपूर्ण सम्मान र मीठो भोजनको प्राप्ति हुनेछ । लगनशीलताले महत्वकांक्षी योजनाहरू पूरा हुनेछन् ।

मकरः

प्रतिस्पर्धीलाई पछि पार्न सकिने छ । व्यापार तथा कृषि क्षेत्रमा मनग्य धन लाभ हुनेछ । सफलताले उत्साह जगाउनेछ । मनमा भएको बोझ हट्दा तनमन हल्का भएको अनुभूति हुनेछ ।

कुम्भः

बौद्धिक र प्राज्ञिक क्षमतामा ह्रास आउनेछ । सृजनात्मक कामबाट आत्मसन्तुष्टि मिल्नसक्दैन । मानसिक खिन्नता र वैराग्य जाग्नेछ । केही विचार पुर्याएर कार्यगर्नुपर्ने दिन रहेको छ ।

मीनः

संगोलको सम्पत्ति र साझेदारीमा वादविवाद हुने योग छ । नियमित काममा समेत समय दिन नसक्दा अरूको विश्वास गुम्न सक्नेछ । झन्झटिलो काममा संलग्न हुनुपर्ने समय छ ।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय