जनमत र नाउपाले वैशाख १७ गते पार्टी एकता घोषणा गर्ने

जनमत र नाउपाले वैशाख १७ गते पार्टी एकता घोषणा गर्ने

साहसी खबर
2 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीबीच आगामी वैशाख १७ गते एकता घोषणा हुने भएको छ। जनमत पार्टीका अध्यक्ष सीके राउतको सचिवालयले आगामी १७ वैशाखमा एकता घोषणा गर्नेगरी तयारी अघि बढाइएको जानकारी गराएको छ । एकता हुने दाबी गर्दै सचिवालयले भनेको छ, ‘नेपालकै राजनीतिमा दूरगामी प्रभाव पार्ने र इतिहासमै नभएको अभूतपूर्व मिलन र एकता हुँदैछ ।’

यी दुई दलका शीर्ष नेताहरू पछिल्लो केही समयदेखि एकताको तयारीसहित वार्तामा जुटेका थिए । यसअघि वैशाख १५ गतेभित्र एकता गर्नेगरी तयारी गरेको थियो । तर, विभिन्न अडचन आएको राउतले बताएका छन् । दुवैपार्टी बीच एकतका लागि कार्यदल गठन गरिएको थियो । कार्यदलले दुई पार्टीबीच एकतापछि हुने पार्टीको नाम, नेतृत्व, चुनाव चिह्न लगायतका विषय टुंग्याएको छ । कार्यदलका अनुसार एकतापछि नयाँ पार्टीको नाम नागरिक जनमत हुनेछ भने ढकिया चुनाव चिह्न रहनेछ । पार्टीको संरक्षक रेशम चौधरी रहँदा कार्यकारी अध्यक्ष सिके राउत रहनेछन्। नागरिक उन्मुक्तिकी अध्यक्ष रन्जिता श्रेष्ठ सहअध्यक्ष रहने छिन् ।

प्रतिनिधि सभामा जनमत पार्टीका ६ सांसद छन् । यस्तै, नाउपाका ४ जना छन् । एकतापछि नयाँ पार्टी प्रतिनिधिसभामा १० सिटको पार्टी हुनेछ । स्वतन्त्र मधेस अभियान चलाइरहेका राउतले २०७५ चैत ५ गते आफ्नै नेतृत्वमा सिरहाको लहानबाट जनमत पार्टी गठन गरेका थिए । यस्तै, २०७८ पुस १९ गते नागरिक उन्मुक्ति पार्टी गठन भएको हो । जुनबेला चौधरी टीकापुर काण्डका प्रमुख आरोपितका रूपमा जेलमै थिए । पार्टी गठन गरेको एक वर्षमै नाउपाले प्रतिनिधि सभामा प्रत्यक्षतर्फ ४ सांसद जितेको थियो । उता जनमत पार्टी त प्रतिनिधि सभामा राष्ट्रिय पार्टी नै बन्यो । प्रत्यक्षमा राउतले जितेका थिए । बाँकी ५ सांसद समानुपातिकतर्फका हुन् । मधेस प्रदेश सभामा जनमतका १३ सांसद छन् ।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय