२०८२ जेठ १५ गते राजतन्त्र आउँछ : जगमान गुरुङ

२०८२ जेठ १५ गते राजतन्त्र आउँछ : जगमान गुरुङ

साहसी खबर
2 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

राजसंस्था पुनस्र्थापनाका लागि संयुक्त जनआन्दोलन समितिका कार्यवाहक संयोजक डा जगमान गुरुङले २०८२ को जेठ १५ गते गणतन्त्रको अन्त्य हुने घोषणा गरेका छन् ।

शनिवार काठमाडौंमा आयोजित पृथ्वीपथको आवश्यकता प्रबुद्ध वर्गको सोच विषयक कार्यक्रममा बोल्दै उहाँले यस्तो दाबी गरेका हुन् । उनले आन्दोलन कसरी जाने भन्नेकुरा अर्को कार्यक्रममा भन्ने बताए ।

उनले मान्छे मर्नुप¥यो भने उसैको जन्म महिना, उसैको जन्मवार, उसैको जन्मतिथि, उसैको जन्म नक्षत्रमा मर्ने बताउँदै गणतन्त्र आएको पनि जेठको १५ गते र अन्त्य पनि जेठ १५ मै हुने बताए । २०८२ को जेठ १५ गते राजतन्त्र फर्किने र आफूहरुको अभिष्ठ सिद्धि हुने जिकिर गरे ।

उनले भने– ‘यो गणतन्त्रको घोषणा कहिले भयो त जेठको १५ गते होइन । जेठको १५ गते गणतन्त्रको घोषणा भयो । गणतन्त्र दिवस मनाउँछ । यसको अन्त्य कहिले हुन्छ त ? ०८२ सालको जेठको १५ गते हुन्छ । त्यही हो कुरा । आन्दोलन कसरी जाने भन्नेकुरा सबै आत्तिसक्नुभएको छ । अर्को फोरममा भनौँला । मान्छे मर्नुप¥यो भने उसैको जन्म महिना, उसैको जन्मवार, उसैको जन्मतिथि, उसैको जन्म नक्षत्रमा मर्छ । यो गणतन्त्र आएको जेठको १५ गते र यो अब जेठको १५ गते गणतन्त्रको अन्त्य हुन्छ । २०८२ को जेठको १५ मा । हाम्रो अभिष्ठ सिद्धि हुनेछ ।’

उनले जनताको हक अधिकारको कुरा पृथ्वीपथले गरेको बताए । राज्यलाई थाम्ने दायित्व राजाको भएको बताए ।

राजालाई सचेत गराउने काम नागरिकको भएको बताए । पृथ्वीपथ भनेको आफ्नो रैथाने पथ भएको बताए ।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय