धमिलो पानीमा माछा मार्ने दुस्साहस सफल हुँदैन : प्रचण्ड

धमिलो पानीमा माछा मार्ने दुस्साहस सफल हुँदैन : प्रचण्ड

साहसी खबर
1 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पछिल्लो समय कहीं न कहीं आफ्नो वर्गप्रतिको एकता कमजोर हुँदै गएको स्वीकारेका छन्। उनले अहिले आफूहरू आत्मालोचनासहित उत्पीडित वर्ग र समुदायको हक अधिकारलाई समाजवादको दिशामा अगाडि बढेको बताएका छन्। नेवाः राष्ट्रिय मुक्ति मोर्चाको खबरदारी सभालाई सम्बोधन गर्दै नेवा समुदायको पहिचान पूरै स्थापित नभएसम्म माओवादी केन्द्रले साथ नछाड्ने बताए ।

उनले राजावादीहरूलाई लक्षित गर्दै भने, ‘तपाईहरूले पनि साथ दिनुस्, अहिले प्रतिगामी षड्यन्त्र जो देखा पर्न खोजेको छ । त्यो अहिलेको सरकारका गलत कामका कारणले धमिलो पानीमा माछा मार्ने दुस्साहस जस्तो गरेका छन्। त्यो सफल हुने छैन ।’ उनले प्रतिगामी षड्यन्त्रविरुद्ध एकजुट हुन आह्वान गरे । पूर्व प्रधानमन्त्री समेत रहेका प्रचण्डले नेपाली विशेषताको समाजवादको भ्रुण नेवारहरुको इतिहास, संस्कृति, भाषा र गुठीमा रहेको बताएका छन्।

उनले नेवाको भाषा, संस्कृति र इतिहास अध्ययन गरेर मात्रै नेपाली समाजवादको सुरुवात गर्न सकिने विचार राखे । ‘समाजवादको भ्रुण नेवा समुदायको इतिहासमा, उनीहरुको भाषा, संस्कृतिमा, उनीहरुको उत्पादन सम्बन्धमा, उनीहरुको गुठी लगायत संस्था, जे संरचना बनेका छन्, नेपाली विशेषताको समाजवाद त्यही छ,’ प्रचण्डको भनाइ छ, ‘नेवा समुदायको इतिहासको अध्ययनबाट मात्रै, उनीहरुको भाषा संस्कृतिबारे जानकारी लिएर मात्रै नेपाली विशेषताको समाजवादको यात्रा आरम्भ गर्न सकिन्छ ।’

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय