अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप : नेपाल र म्यानमारबीचको खेल बराबरी

अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप : नेपाल र म्यानमारबीचको खेल बराबरी

साहसी खबर
1 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

काठमाडौं । चारदेशीय अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपमा नेपाल र म्यानमारबीचको खेल बराबरीमा सकिएको छ । आइतबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेल बराबरीमा सकिएको हो । दुवै टोली फाइनलमा पुगिसकेका छन् ।

दोस्रो हाफमा कुनै पनि टिमले गोल गर्न नसकेपछि खेल २-२ को बराबरी सकिएको हो ।

दशरथ रङ्गशालामा जारी खेलको पहिलो हाफमा छैठौँ मिनेटमा घरेलु दर्शकलाई स्तब्ध पार्दै म्यानमाले पहिलो गोल गरेको थियो । उक्त गोल म्यानमाका लागि फ्रि–किकमा म्याट नोइ खिनले गरेकी थिइन् । लगत्तै खेललको ११ औँ मिनेटमा नेपालका लागि सविता रानामगरले गोल गरिन् ।

यसैगरी खेलको १७औँ मिनेटमा म्यानमाले नेपालविरुद्ध दोस्रो गोल गर्यो । म्यानमाका लागि उक्त गोल मे टेट लुले गरेकी थिइन् । पहिलो हाफको अन्तिममा नेपालका लागि सावित्रा भण्डारी ‘साम्बा’ले गोल गरिन् ।

उनले खेलको ४१औँ मिनेटमा प्रीति राईको उत्कृष्ट पासमा गोल गरेकी थिइन् । योसँगै पहिलो हाफ २–२ गोलको बराबरीमा सकिएको हो ।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय