बालेनले प्रधानमन्त्रीलाई भने- मेयर होइन नेपाली बनेर बाँच्न दिनुहोस्

बालेनले प्रधानमन्त्रीलाई भने- मेयर होइन नेपाली बनेर बाँच्न दिनुहोस्

साहसी खबर
1 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले प्रधानमन्त्री केपी शर्मा ओलीलाई आफूलाई नेपाली भएर बाच्ने आधार दिन भन्दै स्टास लेखेका छन् । 

अमेरिका, इन्डिया र चिनले मनलाग्दी अमानवीय व्यवहार गरिरहेको भन्दै उनले शुक्रबार आफ्नो सामाजिक सञ्जाल फेसबुकमार्फत सो स्टास लेखेका हुन् ।

उनले लेखेका छन्, ‘अमेरिकाले भ्रष्ट भनिसक्यो, इन्डियाले भिकारी भनिसक्यो, चिनले मान्छे गन्दैन, मलाई मेयर हो भनेर बिर्सिनुस् , नेपाली भएर बाच्ने आधार त दिनुस् ।’

यो भन्दा अगाडि नेपालमा अमेरिकाले गरेको सहयोगलाई ट्रम्पले ठगी भनेपछि त्यसको जवाफ दिँदै बालेनले आफ्नो देश राम्रो छ भनेर महसुस गराएकोमा धन्यवाद दिएका थिए ।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय