ओडिसाको कलेजबाट जबरजस्ती निकालिएका नेपाली विद्यार्थी ट्रेन स्टेसनमा अलपत्र

ओडिसाको कलेजबाट जबरजस्ती निकालिएका नेपाली विद्यार्थी ट्रेन स्टेसनमा अलपत्र

साहसी खबर
1 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

काठमाडौँ । भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्युट अफ टेक्नोलोजी (केआइआइटी) मा नेपालकी छात्रा मृत भेटिएपछि नेपाली विद्यार्थीहरू लखेटिएका छन् । उक्त कलेजले नेपाली विद्यार्थीलाई राम्ररी सामान प्याक गर्न पनि नदिइकन जबरजस्ती बसमा हालेर रेल्वे स्टेसनमा छोडिदिएको छ ।

नेपाली छात्राको शंकाष्पद मृत्युलाई लिएर विद्यार्थीहरूले शान्तिपूर्ण प्रदर्शन गरेका थिए । तर, कलेजले विद्यार्थीहरूलाई होस्टेल छोड्न चेतावनी दिएको थियो । त्यसअघि कलेजका शिक्षिकाहरूले नेपाली विद्यार्थीहरूलाई धम्क्याएको भिडिओ पनि सार्वजनिक भएको छ ।

डीएनए इन्डियान्यूजले हालेको एउटा भिडिओमा विद्यार्थीहरूलाई उनीहरूका लगेजसहित गाडीमा ओसारिएको देखिन्छ । एक विद्यार्थीले सञ्चारकर्मीसँग कुरा गर्दै आफूहरू बिचल्लीमा रहेको बताए ।

उनले भनेका छन्, ‘हामीले रातिदेखि केही खाएका छैनौँ । साथमा पैसा पनि छैन । ट्रेन कति बेला आउँछ थाहा छैन । हामी अलपत्र परेका छौ ।’

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय