सामाजिक अभियन्ता सुनिता दनुवारको निधन

सामाजिक अभियन्ता सुनिता दनुवारको निधन

साहसी खबर
1 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

 मानव बेचबिखनविरुद्धकी अभियन्ता सुनिता दनुवारको निधन भएको छ। 

आज बिहान ५ बजे  जोरपाटीस्थित निवासमा सुतेकै स्थानमा मृत फेला परेको उनका आफन्त तीर्थ दनुवारले जानकारी दिए। 

उनका श्रीमानले  बिहान उठेर सुनितालाई उठाउन जाँदा अचेत अवस्थामा फेला पारेका थिए। त्यसपछि नेपाल मेडिकल कलेज जोरपाटी पुर्‍याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए। उनको मृत्युको कारण खुल्न भने बाँकी छ।

सुनिता मानव बेचबिखनबाट प्रभावित महिलाहरुको अगुवाइमा स्थापित शक्ति समूहकी अध्यक्षसमेत हुन्।

उनलाई अमेरिकाको फर्च्युन म्यागेजिनले विश्वका ५० विशेष नेतृत्वकर्ता (नेता)को सूचीमा राखेको थियो। दनुवारलाई अमेरिकी विदेश मन्त्रालयले सन् २०१८ मा ‘टिप हिरो’ को रूपमा सम्मान समेत गरेको थियो।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय