ट्रम्पका आलोचकहरूलाई माफी दिँदैछन् बाइडेन

ट्रम्पका आलोचकहरूलाई माफी दिँदैछन् बाइडेन

साहसी खबर
1 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

 अमेरिकाको नेतृत्वबाट बाहिरिँदै गरेका राष्ट्रपति जो बाइडेनले नवनिर्वाचित राष्ट्रपतिका आलोचकहरूलाई अग्रिम–माफी दिनेबारे विचार गरिरहेका छन् । यस मामिलाबारे जानकार कयौँ स्रोतहरूले भनेको भन्दै सीबीएसले समाचार छापेको छ ।

आफूले पदभार सम्हालेपछि आफ्नो विरोध गर्नेहरूसँग बदला लिन्छु भनेर डोनाल्ड ट्रम्पले कसम खाएका थिए ।

ट्रम्पको कोपबाट जोगाउन बाइडेनले यो कदम चाल्न लागेको अनुमान गरिएको छ । बाइडेनले ह्वाइट हाउसका वरिष्ठ सहयोगीहरूसँग माफी जारी गर्ने सम्भावनामा छलफल गरेको भने पनि उनीसामु माफीका लागि विशेष नाम भने औपचारिक रुपमा सिफारिस नभएको बताइएको छ ।

बाइडेनले हालै मात्र कर छली र अवैध हतियार राखेको भन्दै आफ्नो छोरा हन्टर बाइडेनमाथि परेको अभियोगमा निशर्त माफी दिएका थिए ।

उनको यो कदमको रिपब्लिकन पार्टीबाट मात्रै होइन डेमोक्रेटिक पार्टीभित्रैबाट पनि व्यापक आलोचना भएको थियो । बाडेनले माफी दिन सक्नेमा डा. एन्थोनी फाउसी र क्यालिफोनिर्याबाट सिनेटरमा निर्वाचित भएका एडम शिफ समेतका नामको चर्चा चल्न थालेको छ ।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय