प्रधानमन्त्री ओली चीन प्रस्थान, के-के मा हुँदैछ सम्झौता ?

प्रधानमन्त्री ओली चीन प्रस्थान, के-के मा हुँदैछ सम्झौता ?

साहसी खबर
2 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

प्रधानमन्त्री केपी शर्मा ओली जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमणका लागि चीनको बेइजिङ प्रस्थान गरेका छन् । चीनका प्रधानमन्त्री ली छ्याङको मैत्रीपूर्ण निमन्त्रणामा उनले यही मंसिर १७ देखि २० गतेसम्म चीनको औपचारिक भ्रमण गर्न लागेका हुन् ।

भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले चीनका राष्ट्रपति सी जिनपिङसँग बेइजिङमा भेटवार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । यसैगरी प्रधानमन्त्री ओलीले आफ्ना चिनियाँ समकक्षी लीसँग भेटवार्ता गरी द्विपक्षीय आपसीहितका विविध विषयमा विचार आदानप्रदान गर्नेछन् । प्रधानमन्त्री ओलीसँग चीनको राष्ट्रिय जनकांग्रेसका स्थायी समितिका अध्यक्ष झाओ लेजीको समेत भेट हुने तालिका रहेको छ ।

भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले पेकिङ विश्वविद्यालयमा सम्बोधन गर्नुहुने कार्यक्रम तय भएको छ । त्यस्तै उनले बेइजिङस्थित नेपाली राजदूतावास, चाइना काउन्सिल फर द प्रमोशन अफ इन्टरनेसनल ट्रेड र नेपाल उद्योग वाणिज्य महासङ्घको संयुक्त आयोजनामा हुने नेपाल–चीन व्यापार मञ्चलाई सम्बोधन गर्ने कार्यक्रम छ ।

कोरोला नाकामा चेक पोइन्ट, विशेष आर्थिक क्षेत्र निर्माण, हिल्सा सडक निर्माण, अरनिको राजमार्ग स्तरोन्नति, दोस्रो चरणको रिङ्गरोडको काम सम्पन्न, किमाथाँकाबाट २० किलोमिटर बाटो निर्माण, कोशी नदीमा मितेरी पुल निर्माण, बीआरआइअन्तर्गत रसुवा र किमाथाँकामा २२० र ४०० केभीको प्रशारण लाइन निर्माण, चितवनको क्यान्सर अस्पतालमा बोनम्यारो प्रत्यारोपण सुविधा थप, ,चाइनिज मिडिया ग्रुपबीच समाचार आदानप्रदान सम्झौता, पूर्वाधार निर्माण, परम्परागत चिकित्सा पद्ध्तीमा सहयोगजस्ता ऐतिहासिक सम्झौता हुने भएको छ ।

चीन भ्रमणको टोलीमा सरकारी टोलीमा ३९ जना र निजी क्षेत्रबाट ४८ जना रहेका छन् । ओलीको टोली आगामी मंसिर २० गते काठमाडौं फर्किने छ ।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय