रौतहटमा स्कार्पियो दुर्घटना, ८ जनाको मृत्यु

रौतहटमा स्कार्पियो दुर्घटना, ८ जनाको मृत्यु

साहसी खबर
1 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

रौतहटको पूर्व–पश्चिम राजमार्ग अन्तर्गत लमहा जङ्गलमा मध्यराति भएको स्कार्पियो दुर्घटनामा आठ जनाको ज्यान गएको छ । दुर्घटनामा पाँच जना घाइते भएका छन् ।

बाराको गढिमाइ मन्दिरबाट दर्शन गरेर फर्कदै गरेको बा १६च ३१६२ नम्बरको स्कार्पियो रुखमा ठोक्किएर दुर्घटना भएको हो । घटनास्थलमा आठ जनाको मृत्यु भएको थियो । घाइते पाँच जनालाई पर्सा जिल्लाको बीरगञ्जस्थित बयोधा अस्पतालमा उपचार भइरहेको छ ।

मृतकहरू सिरहाको अर्नामा गाउँपालिका–३ का ६० वर्षीया लरुवदि देवी महरा, ३० वर्षीया उर्मिला देवी महरा, ५० वर्षीया रामकुमारी देवी महरा, ५५ वर्षीया महङ्गी देवी महरा, ६२ वर्षीया फुलबन्ती देवी चमार, ६० वर्षीया रामकुमारी देवी महरा, ३० वर्षीया सकुन्तला देवी महरा र स्कार्पियो चालक ४० वर्षीय शिव कुमार यादव रहेका छन् । दुर्घटना राति १२ः३० बजे भएको थियो, जब गाडी तीव्र गतिमा जंगलको भित्र रुखमा ठोक्किएको थियो । दुर्घटनामा परी पाँच जना घाइते भएका छन् ।

उनीहरूमध्ये एक जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । ६० वर्षीया कन्या देवि महराको थप उपचारका लागि बयोधा अस्पताल वीरगञ्ज रिफर गरिएको छ । मृतक आठै जनाको शव चपुरस्थित सरकारी अस्पतालमा पुर्‍याइएको छ । गाडी जिल्ला ट्राफिक प्रहरी कार्यालय चपुरमा लगिएको छ ।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय